logo
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर: निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन प्रकाशन, २०८०

Featured Blog

18th February, 2024

शिक्षक सेवा

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर: निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन प्रकाशन, २०८०

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन प्रकाशन गरेको छ। यस पदको लागी न्यूनतम योग्यता पुगेका इच्छुक परिक्षयार्थीहरूले अनलाइन आवेदन दिन सक्नेछन्।  शिक्षक सेवा आयोगको मिति २०८० फागुन १ गतेको निर्णय बमोजिम स्थायी पदको पूर्ति गर्नको लागी खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षा गरिने भएको छ। फागुन २ बाट अनलाइन आवेदनको प्रारम्भ गरिएको छ र न्यूनतम योग्यता पूरा हुने इच्छुक परिक्षयार्थीहरूले शिक्षक सेवा आयोगको ऑनलाइन फारम भर्न सक्नुहुनेछ। उम्मेदवारहरुले शिक्षक सेवा आयोगको आधिकारिक पोर्टल मा आवश्यक विवरणहरू पूरा गरी,  ऑनलाइन मार्फत आवेदन दिनु सक्नेछन्।

शिक्षक सेवा आयोग अनलाइन फारम बुझाउने विवरणहरू:

- आवेदन दिनुको लागि शिक्षक सेवा आयोगको वेबसाइटबाट अनलाइन फारम भर्नु सकिन्छ।

- आफ्नो फोन नम्बरको साथ आयोगको वेबसाइटमा दर्ता  गर्नुहोस् र फारम भर्नुहोस्।

- शिक्षक सेवा आयोगको अनलाइन फारममा चैत १ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नुहुनेछ।

- अन्तिम तारिख मिस गरेका उम्मेदवारहरूले दोब्बर शुल्क तिरेर चैत ८, राति ११:५९ बजेसम्म आवेदन दिन सक्नुहुनेछ।

अधिक जानकारी र आधिकारिक सूचनाको लागि आयोगको वेबसाइटमा जानु सक्नुहुन्छ।