logo
डा. केशर भण्डारीको ऐतिहासिक "पुस्तक संस्था र व्यवस्था: दरबार हत्याकाण्ड" एम्बिशन गुरु एपमा

19th November, 2024

Ambition.Guru

केशर बहादुर भण्डारी द्वारा लिखित पुस्तक "संस्था र व्यवस्था: असमञ्जसमा नेपाल" दरबार हत्याकाण्डको प्रसङ्गलाई आधार बनाई लेखिएको छ, र यो पुस्तक २०८१ साल कार्तिक ३० गते देखि सांग्रिला पब्लिकेशन द्वारा बजारमा उपलब्ध भएको छ र सहजै एम्बिशन गुरु मार्फत किन्न सकिन्छ। 

तत्कालीन सूक्ष्म राजनीतिक घटनाक्रम र तथ्यपरक विषयवस्तुमा आधारित यस पुस्तकले दरबार हत्याकाण्डसँग सम्बन्धित "के? किन? र कसरी?" जस्ता गहन प्रश्नहरूको जवाफ प्रस्तुत गरेको छ। साथै, यस पुस्तकले राजनीतिक व्यवस्था र त्यसलाई टेको दिन आवश्यक पर्ने संस्थाहरूको महत्त्वलाई गहिरो रूपमा विश्लेषण गरेको छ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका विषयमा कलम चलाउँदै आएका लेखक डा. केशर बहादुर भण्डारी पूर्वसहायक रथी हुन्। संयुक्त राष्ट्र संघअन्तर्गत पाकिस्तान र अफगानिस्तानमा सैनिक सल्लाहकारको रूपमा काम गरेका भण्डारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा अतिथि विज्ञका रूपमा पनि परिचित छन्। दरबार हत्याकाण्डजस्तो अति संवेदनशील र राष्ट्रिय सरोकारको विषयमा गरिएका अड्कलबाजीले, आम जनतामा अन्योलको सिर्जना गराएको र त्यसलाई चिर्दै सत्यतालाई उजागर गर्नु आवश्यक रहेकोले यो पुस्तक बजारमा ल्याइएको लेखक भण्डारी बताउँछन्।

लेखकले उपलब्ध भएका सत्य-तथ्य, प्रकाशित र अप्रकाशित जानकारी तथा जानकार एवं सम्बन्धित व्यक्तिहरूसँगको छलफलको आधारमा, विश्लेषणात्मक तर्कसहित सम्भावित परिदृश्य जनसमक्ष पुर्याउने ध्येयले यो पुस्तकलाई एक ऐतिहासिक यात्रा बनाएका छन्।

२०८१ कार्तिक ३० गते शुक्रबारदेखि यो पुस्तक संग्रिला पब्लिकेसनद्वारा बजारमा सर्वत्र उपलब्ध भएको छ र एम्बिशन गुरु मार्फत अर्डर गर्न सक्नुहुन्छ। 

के तपाईंको मोबाईलमा Ambition Guru App छैन ? आजै डाउनलोड गर्नुहोस्: Ambition Guru App

हाम्रा नियमित जानकारी बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ ।

कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagram मा follow गर्नुहोस्।