logo
EPS कोरिया 2025 का लागि नयाँ प्रविधिबाट फारम प्रक्रिया - छिटो र व्यवस्थित

20th November, 2024

Language

EPS कोरियाले सन् २०२५ का लागि आवश्यक पर्ने कामदारको संख्यालाई मध्यनजर गर्दै, मागिएको भन्दा लगभग तीन गुणा बढी मात्र आवेदन स्वीकृत गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। उदाहरणका लागि, यदि २०,००० कामदारको आवश्यकता छ भने, ६०,००० जनाको मात्र आवेदन स्वीकृत गरिनेछ। यस प्रक्रियालाई व्यवस्थित बनाउनका लागि EPS शाखाले विशेष प्रविधि निर्माण गरिरहेको जानकारी गराएको छ।

यस नयाँ प्रविधिको प्रयोगबाट आवेदन फारम खुल्नु अघि नै आवेदकले आफ्नो व्यक्तिगत विवरण भर्न सक्नेछन्। आवेदकले आफ्नो लगइन खाता बनाएर सम्पूर्ण विवरण भरेपछि, काम गर्न चाहेको क्षेत्रबाहेक अन्य सबै जानकारी तयार गर्न सकिने व्यवस्था मिलाइनेछ। फारम खुल्नेबित्तिकै केवल क्षेत्र चयन गरी फारम बुझाउँदा वेबसाइट ओभरलोड हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यस प्रणालीमार्फत तोकिएको आवेदन संख्या पुगेपछि आवेदन प्रक्रिया स्वचालित रूपमा बन्द हुनेछ। यसरी अनावश्यक आवेदनको चाप नबढी, प्रक्रिया छिटो र सहज रूपमा सञ्चालन हुने व्यवस्था EPS शाखाले गरेको छ।

EPS को यो नयाँ पहलले फारम प्रक्रियालाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिनेछ। सम्बन्धित अधिकारीहरूले २०२५ मा २०,००० देखि २५,००० कामदार माग गर्न सकिने अनुमान गरेका छन्। यसका लागि झण्डै ६०,००० देखि ७५,००० जनाले आवेदन दिन सक्ने व्यवस्था गरिनेछ।

यो कदम EPS को इतिहासमा कोशेढुंगा सावित हुनेछ, किनभने यसले न केवल आवेदन प्रक्रिया छिटो र व्यवस्थित बनाउनेछ, तर आवेदकहरूको लागि पनि समय र श्रम बचत हुनेछ। नयाँ प्रविधिको प्रयोगबाट EPS प्रणाली थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

के तपाईंको मोबाईलमा Ambition Guru App छैन ? आजै डाउनलोड गर्नुहोस्: Ambition Guru App

हाम्रा नियमित जानकारी बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook मा follow गर्नुहोस्।